धन्यवाद पोखरा


 

कविता यात्राको एउटा महत्वपूर्ण श्रृंखला सुन्दर नगरी पोखरामा भव्य सम्पन्न भयो ।

०००
‘कोकोम्हेन्दो साहित्य समाज’ परिवारका सम्पूर्ण मनकारी साथीहरुलाई हृदयदेखि धन्यवाद ।
विशेष धन्यवाद दिपक तामाङ आस्याङ, जसपाल पाख्रिन ज्यो ज्यो, पवित्रा तामाङ आङा, सुन्दर थोकर आगु, मुस्कान तामाङ आस्याङ, शिबु ब्लोन आस्याङ ।
‘ओ पेङ्दोर्जे !’माथि छोटो र सुन्दर टिप्पणीका लागि प्राध्यापक कुमार तामाङ सरलाई थुजेछे ।
टुङ्नामा साथ दिनु हुने काजिमान तामाङ आस्याङ, सारंगीमा साथ दिनु हुने दिपक गायक सर र बाँसुरीमा साथ दिनु हुने सुजन लामालाई धेरै धन्यवाद । तपाईंहरुको साथले कार्यक्रम अझ सुन्दर भयो ।
सरुभक्त, तिर्थ श्रेष्ठ, अनुप बराल, सरस्वती प्रतीक्षा, तिर्थ गुरुङ, कल्पना चिलुवाल, सिर्जना ढकाल लगायत अग्रज साहित्यकार तथा लेखकहरुलाई उपस्थिति र साथका लागि धेरै धन्यवाद ।
अमृत सुवेदी, प्रकाश आचार्य, रोशनी स्याङ्बो, केशव शरण, माधव खतिवडा लगायत साथीहरुलाई सम्झिरहेको छु ।
०००
हाम्रो भेट अब असोज १३ गते मधेस प्रदेशको गुलजार बजार गोलबजारमा हुनेछ ।





















































0 Comments